मेलम्चीको पानी छिट्टै काठमाडौं आउने विश्वास

काठमाडौं । साउन २६, मेलम्ची खानेपानी आयोजनाले छिट्टै नैकाठमाडौंमा पानी आउने विश्वास व्यक्त गरेको छ ।
त्यस्तै आयोजनाको हेडवक्र्स लेदोले पुरिएको र अहिले त्यहाँ जाने बाटो समेत भत्किएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । अब आयोजनाको पानी काठमाडौं नआउने होकी भन्ने भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नुभयो ।
गत असार १ र १६ गते आएको भीषण बाढीका कारण मेलम्ची क्षतिग्रस्त बनेको थियो । आयोजनाको निर्माण सम्पन्न गरी परीक्षणका क्रममा करिब १७ करोड लिटर पानी काठमाडौं ल्याइएको थियो ।