बनस्थलीदेखि बसुन्धरासम्म नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

काठमाडौं । साउन २६, नेपाल टेलिकमको सेवा काठमाडौंका केही स्थानमा अवरुद्ध हुने भएको छ ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय काठमाडौंले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै कम्पनीका केहि क्याबिनेट, पोल तथा केबल हटाइने र कपर नेटवर्कलाई एफटीटीएचमा माइग्रेसन गर्नुपर्ने भएकाले केही दिन सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो।
‘नेपाल टेलिकम कार्यालय गोङ्गबुअन्तर्गत पर्ने बनस्थलीदेखि बसुन्धरासम्म (करिब ५ किलोमिटर) चक्रपथको दायाँ बायाँ रहेका नेपाल टेलिकमका क्याबिनेट, पोल तथा केबलहरु सडकबाट हटाइने भएकाले उक्त एरियाका कपर नेटवर्कलाई एफटीटीएचमा माइग्रेसन गर्नुपर्ने भएकाले केही दिन सेवा अवरुद्ध हुनसक्ने भएको हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल टेलिकम क्षमाप्रार्थी छ। कम्पनीको सूचनामा भनिएको छ ।