सिंहदरबार अगाडि डरलाग्दो दुर्घटनाः चालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन २७, काठमाडौंको अनामनगर स्थित मंगलबार राति सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ ।

प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा।२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका स्कुटर चालक सुर्खेत घर भएका २९ वर्षीय सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले बताए ।

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्