बाँके राष्ट्रिय निकुञ्जमा सवारी दुर्घटनामा परी ३५८ वन्यजन्तु मारिए

सहयात्रा टिभी

बाँके । साउन २८, बाँके जिल्लाको निकुञ्जभित्रको राजमार्ग वन्यजन्तुका लागि विद्युतीय धरापजस्तै खतरा भएको छ ।

पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग र कोहलपुर–सुुर्खेत सडक खण्डअन्तर्गत रत्न राजमार्गमा गुड्ने यातायातका साधनका कारण पछिल्लो सात वर्षमा सवारी दुर्घटनामा परी ३५८ वन्यजन्तु मारिएका छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा मात्र पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा गुड्ने यातायातका साधनले ४३ वटा वन्यजन्तुको कुल्चेर ज्यान गएको छ । गत आवमा अन्य कारणले २५ वटा वन्यजन्तुको मृत्यु भएको छ ।

प्रकाशित : 12 August, 2021

प्रतिक्रिया दिनुहोस्