यस्तो छ आज (बिहीबार) सुनको भाउ

सहयात्रा टिभी

काठमाडौं । साउन २८, (आज(बिहीबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ८९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ८८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

बुधबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 12 August, 2021

प्रतिक्रिया दिनुहोस्