उदयपुरमा ४.३ रेक्टर स्केलको भूकम्प

उदयपुर । साउन २८, उदयपुरको पोखरी आसपास केन्द्रविन्दु बनाएर आज बिहान ९ः५४ बजे भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
त्यस्तै खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए ।