मानव शरीरलाई अधिकतम फाइदा दिने बेसार

सहयात्रा टिभी

काठमाडौं । साउन २९, बेसारले मानव शरीरमा लाग्ने धेरै प्रकारको रोग निदान गर्न सक्ने एक स्वास्थ्यवद्र्धक जडिबुटी हो ।

बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । यसको सेवनले शरीरका हरेक अंगलाई फाइदा पुर्याउछ । त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ । बेसारबाट हुने अन्य फाइदाहरु निम्न प्रकारका छन्ः

– लामो समयदेखि ग्यस्ट्रिकका पीडितलाई बेसारको नियमित सेवनले फाइदा र्पुयाउँछ ।

– पोलेको वा घाउचोटमा बेसारको धुलो हालेमा पीडा कम हुनुका साथै निको हुदै जान्छ ।

– पेट र हड्डीमा हुने सम्पूर्ण समस्यामा बेसारले फाइदा पुर्याउँछ ।

– मांसपेशीमा हुने पीडामा पनि बेसारपानीको सेवनले केही हदसम्म कम गर्छ ।

– बेसारको नियमित सेवनले स्मरण शक्तिमा वृद्धि गर्छ ।

– दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहन्छ ।

– यसको सेवनले महिनावारीका बेला हुने पेटको दुखाइ समेत कम हुन्छ ।

– धेरै पिसाब लाग्ने, पानी तिर्खा बढी लाग्ने भएमा समेत बेसार सेवन उपयोगी हुन्छ ।

– दैनिक १ चम्चा ज्वानो र बेसार पानीमा पकाएर खाए रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

– रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग उपयोगी मानिन्छ ।

– मिर्गौलासम्बन्धी रोगमा समेत बेसार फाइदाजनक मानिएको छ ।

– छालाको चमक बढाउन समेत बेसारको प्रयोग अत्यन्त उपयोगी मानिन्छ ।

 

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्