मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । साउन ३१, साउन २७ गते बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज(आइतवार) अन्तिम दिन रहेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरिदको आवेदन परेको हो । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी रू ७ करोड रहेको छ । आइपीओ निष्कासन पश्चात यो पूँजी रू १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित : 15 August, 2021

प्रतिक्रिया दिनुहोस्