मुक्तिनाथ विकास बैंकको खुद नाफा रू १ अर्ब १५ करोड ९ लाभन्दा बढी

सहयात्रा टिभी

काठमाडौं । साउन ३१, मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू १ अर्ब १५ करोड ९ लाभन्दा बढी खुद नाफा गरेको छ ।

बैंकले सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२ दशमलव ७० प्रतिशतले नाफा बृद्धि भएको हो । यो नाफा अघिल्लो वर्ष रू ७० करोड ७४ लाखभन्दा बढी थियो ।

त्यस्तै यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू ८६ करोड ५ लाखभन्दा बढी छ । अघिल्लो वर्ष यो रकम रू ४७ करोड ३३ लाखभन्दा बढी थियो । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा ८१ दशमलव ७९ प्रतिशत बढी भएको हो । ११ दशमलव २५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू। ४ अर्ब ८१ करोड १५ लाख ५० हजार पु¥याएको बैंकको जगेडा कोष रकम ३३ दशमलव ६८ प्रतिशत बढेर रू। १ अर्ब ९९ करोड ६४ लाखभन्दा बढी कायम भएको छ ।

बैंकको निक्षेप संकलन ५१ दशमलव ६३ प्रतिशत बढी रू ८६ अर्ब ९० करोड ३३ लाखभन्दा बढी र कर्जा प्रवाह ५२ दशमलव ९५ प्रतिशत बढी रू ७२ अर्ब ८९ करोड ९५ लाखभन्दा बढी भएको छ । अघिल्लो वर्ष शून्य दशमलव ४६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव २५ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू २३ दशमलव ९२ र प्रतिशेयर नेटवर्थ रू १४१ दशमलव ४९ रहेको छ ।

प्रकाशित : 15 August, 2021

प्रतिक्रिया दिनुहोस्