धनकुटामा थप ७ सय ३३ उद्योग

धनकुटा । साउन ३१, धनकुटामा आर्थिक वर्ष २०७७/७८ मा ७ सय ३३ लघु तथा साना उद्योग दर्ता भएका छन् ।
ती मध्य उत्पादमूलक १९ वटा कृषि तथा वनजन्य ५ सय ८७ वटा पर्यटनसम्बन्धी ५९ सेवामूलक उद्योग ६२ वटा र सूचना प्रविधिउद्योग ४ वटा रहेको घरेलु तथा साना उद्योग कार्यलय धनकुटाले जनाएको छ ।
त्यस्तै दर्ता भएका उद्योगमा लघु र सानाउद्योग छन् जसमध्ये ३ सय ३९ वटा महिलाको नाममा दर्ता भएका छन् भने ३ सय ९४ वटा उद्योग पुरुषको नाममा दर्ता भएको कार्यालयले जनाएको छ ।