कोरोना अपडेटः २ हजार २१२ कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन ३१, नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७९३ र ४ हजार १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४१९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८६७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३।२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : 15 August, 2021

प्रतिक्रिया दिनुहोस्