कामना सेवा विकास बैंकको डुम्रे शाखा उद्घाटन

सहयात्रा टिभी

डुम्रे । साउन ३२, कामना सेवा विकास बैंकले आइतबार डुम्रे शाखा कार्यालयको उद्घाटन भएको छ ।

तनहुँजिल्ला वन्दीपुर गाउंपालिका वडा नं १ डुम्रे स्थित शाखा कार्यालयग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण गरी पुन उद्घाटन गरेको हो ।

Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्