यो पाली पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने

सहयात्रा टिभी

सिन्धुपाल्चोक । साउन ३२, सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि जनैपूर्णिमाका अवसरमा मेला नलाग्ने भएको छ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेका हुन्। गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन।

यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ। विभिन्न जिल्लाबाट सर्वसाधारण मेला भर्न पाँचपोखरी पुग्ने गरेका थिए। समुद्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा सानाठूलो गरी पाँच वटा ताल रहेका छन्। यो पोखरी इन्द्रावती नदीको उद्गमस्थल हो।

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्