सोमबार घट्यो सुनचाँदीको मूल्य

सहयात्रा टिभी

काठमाडौं । साउन ३२, नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो । आज तोलामा सय रुपैयाँ घटेको हो ।

यस्तै आइतबार ९० हजार २ सयमा कारोबार भएको तेजाबी सुन आज सय रुपैयाँले घटेर ९० हजार एक सय कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार ५ रूपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्