केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना भाईरस बिरूद्ध सचेतना अभियान सुरू

सहयात्रा टिभी

काठमाडौं । साउन ३२, नेपाल स्काउट केन्द्रिय कार्यालयको आब्हानमा नेपाल स्काउट गोकर्णेश्वर नगर समिती अन्तर्गतको आशा ओपन स्काउट क्रयु को सक्रियतामा गोकर्णेश्वर नगर क्षेत्र भित्र रहेका सार्बजनिक स्थल, तथा मुख्य सडक र भित्री सडकहरूका वरपर कोरोना बिरूद्धको सचेतना कार्यक्रम संचालन भईरहेको छ ।

गत श्राबण २८ गते देखी सुरू गरेर यहि भाद्रको २८ गते सम्म संचालन गरिने उक्त कार्यक्रममा युनिसेफ, नेपाल रेडक्रस सोसाईटी, नेपाल स्काउट, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र, Community School Management Federation of Nepal, ने. शि. म (c n t), नेपाल शिक्षा समूह, (USAID), World Health organization र हिसान जस्ता संघसंस्थाहरूले प्रकाशन गरेको कोरोना बिरूद्धको सचेतना जगाउँने सन्देशहरू भएका पोष्टर तथा पाम्प्लेटहरू टाँस्ने तथा बितरण गर्ने कार्यक्रम भईरहेको छ भने केहि समय अगाडी कोरोनाको कहरमै सोहि समुहले जोरपाटीमा हेल्प डेक्स स्थापना गरेर मास्क तथा सेनिटाईजरको बितरण गरेर समुदायमा कोरोना नफैलियोस भनेर कोरोना बिरूद्धको सन्देशहरूलाई माईकिङ्ग गरेर प्रचार प्रसार गरेको थियो ।

जुन कार्यक्रम उक्त समयमा निकै प्रभाबकारी भएको थियो भने उक्त कार्यक्रमलाई समुदायले निकै प्रशंशा गरेको थियो भने अहिले संचालन भईरहेको यस कार्यक्रम पनी प्रभाबकारी भएको खण्डमा आउँने भदौ महिनाको २८ गते पछि पुनः यस्तै प्रकृतिको कार्यक्रम अर्को तिन महिना पनी थप यस्तै प्रकृतिको कार्यक्रम संचालन गर्ने र उक्त कार्यक्रम सहित अहिले संचालन भईरहेको यस कार्यक्रममा आशा ओपन स्काउट क्रयु को सदस्य रहेका १६ बर्ष देखी २४ बर्ष सम्मका २०० जना भन्दा बढी रेक्टर तथा रोबरहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आफु पनि सुरक्षित भएर सानो सानो समुहमा बसेर सक्रिय सहभागिता जनाउँने कुरा त्यस संस्थाका रोबर श्री रबि कुमार बरूवालले जानकारी दिनुभयो ।

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्