आज ९ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । भदौ २, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बुधबार) उच्च अंकले बढेको छ ।

नेप्से ३८.२८ अंकले बढेर तीन हजार एक सय ९८ दशमलब ६०विन्दुमा पुगेको छ भने २१ अर्ब ३१ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

त्यसतै कारोबार भएका कम्पनीमध्ये ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त वित्तिय संस्था, गुडवील फइनान्स कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक र एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

प्रकाशित : 18 August, 2021

प्रतिक्रिया दिनुहोस्