नुवाकोटमा पहिरोमा परी तीन जनाको मृत्यु, एक बेपत्ता

रसुवा । भदौ ३, रसुवाको कोलडाँडा भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उहाँकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । पहिरोमा पुरिएका अर्का एक बच्चाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले बताए ।
पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता, ८ वर्षीया सुकुमाया र ७ वर्षीय आषिश पुरिएका थिए । घाइते श्यामबहादुरलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइएको छ ।
यता, नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।
घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षीय विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । पहिरोले घरसमेत जोखिममा परेको छ ।