ट्याङकर र मोटरसाईकल दुर्घटनाहुँदा एकको मृत्यु

सहयात्रा टिभी

सुनसरी । भदौ ८, गएराति सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपियामा ट्याङकर र मोटरसाईकल ठोक्कीदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल सवार विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेका छन् । उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटसाईकल सवार अविनाश राजवंशी घाइते भएका छन् । ठक्करपछि आगो लागेको मोटरसाइकल जलेर नष्ट भएको छ ।

 

प्रकाशित : 24 August, 2021

प्रतिक्रिया दिनुहोस्