सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

सहयात्रा टिभी

काठमाडौं । भदौ १०, नेपाली बजारमा सुनको मूल्यमा आज पनि घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ६ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 26 August, 2021

प्रतिक्रिया दिनुहोस्