पिस नेपाल फाउण्डेसनद्धारा बिद्यार्थिहरूलाई किताब बोक्ने झोला बितरण कार्यक्रम सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, काठमाडौ जिल्लाको गोकर्णेश्र्वर नगरपालिका वडा नं ५ नयाँबस्तिमा अबस्थित पिस नेपाल फाउण्डेसन नामक सामाजिक संस्थाको सहयोगमा हिजो(भदौ १० गते) १५० जना बिद्यार्थिहरूकालागि किताब बोक्ने झोला बितरण कार्यक्रम सफलतापूर्बक सम्पन्न भएको छ ।

गोकर्णेश्र्वर नगरपालिकाकै वडा नं १ मा अबस्थित श्री राम जानकी आधारभूत बिद्यालयमा अध्ययनरत करिब १५० जना बिद्यार्थिहरूकालागि पुग्ने गरि झोला बितरण गरिएको उक्त कार्यक्रममा नेपाल सरकार सहरी विकास मन्त्रालयका सल्लाहकार डाक्टर सुन्दर सिंह बोहराले प्रमुख अतिथीको आसन गर्नुभएको थियो भने पिस नेपाल फाउण्डेसनका अध्यक्ष तथा सु–संस्कार ऐकेडेमीका प्रधानाध्यापक श्री देबराज कार्कीले बिशिष्ठ अतिथीको आशन ग्रहण गर्नुभएको थियो ।

बिपन्न बर्गका तथा निम्न आय भएका अभिभाबकका छोराछोरीहरूले अध्ययन गर्ने उक्त बिद्यालयका छात्रछात्राहरूकालागि झोला बितरण गर्ने कार्यक्रम त्यसै क्षेत्रका समाजसेबी तथा युवा नेता राजु सुनारको बिशेष पहलमा सम्पन्न गरिएको थियो भने उक्त कार्यक्रममा करिब ५० जना बिद्यार्थिहरूलाई सोहि दिन झोला बितरण गरिएको थियो भने बाँकी रहेको झोला बिद्यालय प्रशाशनलाई जिम्मा लगाएर त्यस दिन झोला लिन आउँन नपाएका बिद्यार्थिहरूलाई बाँडिदीनकालागि अनुरोध गरिएको थियो भन्ने कुरा त्यस कार्यक्रमका बिसिष्ठ अतिथी, पिस नेपाल फाउण्डेसनका अध्यक्ष तथा सु–संस्कार ऐकेडेमीका प्रधानाध्यापक श्री देबराज कार्कीले जानकारी दिनुभएको छ ।

प्रकाशित : 27 August, 2021

प्रतिक्रिया दिनुहोस्