मध्यरातमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

लमजुङ । भदौ १५, लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्लेमा धन्सारमा बस्दै आएका एक दम्पतीको मध्यराती आगलागी हुँदा घटनास्थलमै ज्यान गएको छ ।
राती १ बजेतिर एक्कासि धन्सारमा आगलागी हुदा ५६ बर्षिय धर्मराज भन्डारी र उनको श्रीमती पशुपति भन्डारीको निधन भएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए। घरमा राखिएको खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने कार्कीले बताए ।