टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । भदौ १६, मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०५ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १, ०२, ०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दीदा गम्भीर घाइते भएका नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको उपचारका क्रममा धरानमा गए राति पौने ११ बजे मृत्यु भएको भएको हो । टिपर चालकलाई भने प्रहरील नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताईएको छ ।