सुनको मूल्य घट्यो, कतिमा भईरहेको छ त कारोबार?

सहयात्रा टिभी

काठमाडौं । भदौ १६, नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२०५ मा कारोबार भएकोमा आज पनि घटेर तोलामा ११९५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 1 September, 2021

प्रतिक्रिया दिनुहोस्