सीमानाका बन्द भएसँगै याकको सङ्ख्यामा वृद्धि

फुङ्लिङ । भदौ २१, ताप्लेजुङमा याकको सङ्ख्या बढ्न थालेको छ ।
हिमाली क्षेत्रका बासिन्दाले पुर्खौली पेसाका रुपमा याकलाई पालन गर्दै आएका पछिल्लो दुईवर्षदेखि कोरोनाका कारणले चीनतर्फ निर्यात भएको छैन । त्यसकारण सीमानाका बन्द भएसँगै यसका सङ्ख्यामा वृद्धि भएको हो ।
समुद्र सतहदेखि तीन हजर ५०० मिटर उचाइदेखि पाँच हजारसम्मको उचाइमा याक र डीको चरन क्षेत्र मानिन्छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घाका फेदीमा याक गोठ पाइन्छ । याक विगतदेखिनै चीनको भिन्न बजारमा बिक्री हुँदै आएको याङमाका स्थानीय टाँसी फिन्जो शेर्पाले जानकारी दिए ।