दुख लाग्दो खबर ! एउटै परिवारमा ६ जनाको हत्या

संखुवासभा । भदौ २१, संखुवासभामा ६ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो ।
सुवेदीका अनुसार तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नातीको हत्या भएको हो । तेजबहादुरका अन्दाजी ९० वर्षका बुवा ९२ वर्षीय बौद्ध कार्की घरभित्रै सकुशल फेला परेको छ ।
डिएसपी सुवेदीले गएराति हत्या भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको बताए । कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको उनले बताए ।