कति छ आज सुनको मूल्य?

सहयात्रा टिभी

काठमाडौं । भदौ २२, नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ४ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२३० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको छ ।

प्रकाशित : 7 September, 2021

प्रतिक्रिया दिनुहोस्