मुस्ताङमा निषेधाज्ञा हट्यो

सहयात्रा टिभी

मुस्ताङ । भदौ २३, मुस्ताङमा कोरोना भाइरसको सङ्क्रमण तीब्र गतिमा फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि लागु गरीएको निषेधाज्ञा पाँच महिनापछि हटाइएको छ ।

अठार वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

त्यस्तै जनजीवन सहज र आर्थिक क्षेत्रलाई चलायमान बनाउन स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरेर निषेधाज्ञा खुलाइएको हो ।

प्रकाशित : 8 September, 2021

प्रतिक्रिया दिनुहोस्