कोरोना अपडेटः उपत्यकामा थपिए ५६८ संक्रमित, सक्रिय ७ हजार बढी

सहयात्रा टिभी

काठमाडौं । भदौ २३, काठमाडौं उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, काठमाडौं उपत्यकामा ७१८९ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३९२३, भक्तपुरमा १२५३ र ललितपुरमा २०१३ सक्रिय संक्रमित थपिएका हुन्।

प्रकाशित : 8 September, 2021

प्रतिक्रिया दिनुहोस्