चट्याङ लागेर एकको मृत्यु

सहयात्रा टिभी

बुटवल । भदौ २५, रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

बिहीबार साँझ मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेर ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् । यसैगरी सोही समयमा मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएका छन् ।

 

प्रकाशित : 10 September, 2021

प्रतिक्रिया दिनुहोस्