विश्वमा ४० सेकेन्डमा एक जनाले गर्छन आत्महत्या

सहयात्रा टिभी

काठमाडौं। भदौ २५, विश्वमा आत्मा हत्या गर्ने मानिसहरुको संख्या बढ्दै गएको पाइन्छ । विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन् ।

गैरसरकारी संगठनमा ७७ देशका विज्ञ र स्वयंमसेवक छन । विश्वमा हरेक वर्ष विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उदेश्य हो । आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउँछन् ।

 

प्रकाशित : 10 September, 2021

प्रतिक्रिया दिनुहोस्