कतारले मग्यो नेपाली कामदार, निशुल्क हवाई टिकट

काठमाडौं । भदौ २८, कतारको दोहा सहरमा रहेको EXBLOWRA TANDING & CONTRACTING CO.W.L.L कम्पनीले १६२ नेपाली पुरुष कामदारको माग गरेको छ ।
त्यस्तै कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ भने करारको अवधि २ वर्षे रहेने बताईएको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ३५ हजार माथि देखि ९५ हजार सम्म पाउनेछन् । साथै इच्छुक कामदारले Mechi International Overseas Pvt.Ltd असोज ४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने बताईएको छ ।