हनुमानढोका दरबार संग्रहालयमा अब पर्यटक प्रवेश शुल्क लाग्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, काठमाडौं महानगरपालिका र हनुमान ढोका दरबार संग्रहालय विकास समितिबीच पर्यटक प्रवेश शुल्क लेनदेनको विषयमा टकराव बढेको छ ।

महानगरपालिकाले पर्यटकबाट उठाएको साढे तीन करोड रुपैयाँ नदिएको आरोपसहित समितिले सम्झौता खारेज गर्दै आफैँले पर्यटकबाट प्रवेश शुल्क उठाउने निर्णय गरेको हो भने आगामी असोज १ गतेबाट सार्क मुलुक र तेस्रो देशका नागरिकले संग्रहालय प्रवेशका लागि अतिरिक्त तीन सय रुपैयाँ तिर्नुपर्ने बताईएको छ ।

त्यस्तैगरी महानगरपालिकाले पर्यटक सेवा शुल्क शीर्षकमा २०७६ साल चैत ११ गते लकडाउन हुनुअघि नै साढे ३ करोड रुपैयाँ तिर्न बाँकी रहेको भनेर पत्र पठाए पनि महानगरपालिकाले पैसा तिर्न अटेरी गरेको आरोप हनुमानढोका दरबार संग्रहालयले बताएको छ ।

तसर्थ मुख्य हिस्साको रुपमा रहेको महानगरपालिकाबाट आउने बजेट रोकिँदा आगामी आर्थिक वर्षदेखि सबै पुनर्निर्माणको काम ठप्प हुने जोखिम बढेकोले आफैँ शुल्क उठाउने निर्णय गर्न बाध्य भएको पुरातत्व विभाग अन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालले जानकारी दिए ।

 

प्रकाशित : 14 September, 2021

प्रतिक्रिया दिनुहोस्