साहस उर्जाको आईपीओ खुल्दै

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, अब आउने असोज ६ गतेबाट नयाँ आईपीओ आउने भएको छ । साहस उर्जा लिमिटेडले १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।

 

निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त सेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लसकम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको कुल लाग निर्माण अवधिको ब्याजसहित ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ।

प्रकाशित : 14 September, 2021

प्रतिक्रिया दिनुहोस्