गोरक्ष स्पोर्टिङ्ग क्लबको फुटबल खेल्नका लागि तयारी पुरा

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, काठमाडौ जिल्लाको पुर्बी भेगमा पर्ने गोकर्णेश्र्वर नगरपालिकाको वडा नं ५ मा अबस्थित गोरक्ष स्पोर्टिङ्ग क्लवले पनी सहिद स्मारक सी डिभीजनको छनौट खेलमा सहभागिता जनाउँने भएको छ ।

गत भदौ १० गते देखी एन्फा कम्प्लेक्स सात दोबाटोमा संचालन भईरहेको उक्त प्रतियोगितामा आगामी भाद्र ३१ गते र असोज २ गते आफ्नो प्रतिद्वन्दि टिमहरू क्रमशः नयाँपाटी युवा क्लव र कास्की जिल्लाको पौदुरकोट फुटबल क्लव संग खेल खेल्नकालागि आफ्नो क्लवको सम्पुर्ण तयारी भएको कुरा जानकारी गराउँनकालागि आयोजित एक कार्यक्रममा गोकर्णेश्र्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी, गोकर्णेश्र्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितीका संयोजक तथा आयोजक संस्थाका संरक्षक संजय लामा तथा त्यसै संस्थाका अध्यक्ष रञ्जन कुमार सापकोटा तथा सोहि क्षेत्रका बिशिष्ठ ब्यक्तिहरूको उपस्थितीमा सो क्लवले प्रतियोगितामा आफुले सहभागिता जनाउँनकालागि भए गरेका प्रयासहरू तथा तयारीहरूको बारेमा आबश्यक जानकारी गराएको थियो ।

सोहि प्रतियोगितामा २० जना खेलाडीहरू तथा ७ जना अफिसियलहरू गरि २७ जनाको सहभागिता रहने कुराको जानकारी गराई उक्त फुटबल टिमका खेलाडीहरूले लगाउँने जर्सी पनी सार्बजनिक गरिएको थियो भने उक्त टिम फुटबल टिमलाई Event Enters Pvt. Ltd. ले आर्थिक सहयोग गरेको र प्रतियोगिता हुदाँको समयमा सो क्लव देखी प्रतियोगिता स्थल सम्म जान र आउँनकालागि गोकर्णेश्र्वर नगरपालिकाको वडा नं ७ मा रहेको लिबर्टी एकेडेमीका प्रिन्सीपल ओम प्रसाद ढकालले पनी उक्त फुटबल टिमका खेलाडी तथा अफिसियलहरूका लागि यातायातको ब्यबस्था गरिदिनु हुने कुराको जानकारी गराईएको थियो ।

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्