अनलाइन कक्षाको लागी रूखमै डेरा जमाउन बाँध्य

खोटाङ । भदौ ३०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सरस्वती विद्यालयमा गत साउन २४ गतेबाट अनलाइन कक्षा सुरु भयो ।
कक्षा सुरू हुन थालेपछि विद्यार्थीहरू ‘जुम एप’ द्धारा अनलाइन कक्षामा जोडिन थाले तापनि सिम्ले घर भएका कक्षा १० मा अध्यारत धनकुमार मगर भने एक सातासम्म पनि अनलाइन कक्षामा उपस्थित नपएपछि विद्यालयले सम्पर्क गर्न खोज्यो तर उनको फोन लागेन।
उता धनकुमार भने नेटवर्क नटिपेका कारण कक्षामा सामेल हुन सकेको थिएन।
उनले कतै रूखतिर चढ्यो भने नेटवर्क टिप्छ कि भनेर डिलमै रहेको रूखमाथि चढेर मोबाइल घुमाउन थाले। नभन्दै त्यहाँ नेटवर्क मज्जाले टिप्यो र नेट पनि चल्न थाल्यो। त्यसपछि उनी रुखमै डेरा जमाएर अनलाइन कक्षा लिन बाँध्य भए ।