असोजको दोस्रो साताबाट अग्रिम टिकट खुलाइने

सहयात्रा टिभी

काठमाडौं । असोज ०१, अग्रिम टिकट खुलाउनका लागि पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए ।

उनका अनुसार गतसाता यातायात व्यवसायीसँग दुई तीन चरणमा छलफल भएका आधारमा आउँदो सातासम्म कति सङ्ख्यामा टिकट खुलाएर कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्याउने भनी निर्णय हुनेछ ।

लामो दूरीका बाटामा सङ्घीय सरकारले निर्धारण गरेको नयाँ भाडा दरका आधारमा हुने तथा मध्यम दूरीमा तत्काल समायोजन भएमा नयाँ भाडादर र नभएमा पुरानै भाडादरमा टिकट काटिने बताईएको छ ।

 

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्