गुण एयरलाइन्सको आफ्नै ब्राण्डबाट उडान सुरु

काठमाडौं । असोज ०४, निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाई सेवा सुरु गरेको छ ।
एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित शुक्रबारदेखि आफ्नो नियमित आन्तरिक उडान सुरु गरेको हो ।
गुणसँग दुईवटा विचक्राफ्ट १८ सिट क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका छन् । एयरलाइन्सले पहिलो उडानका रूपमा काठमाडौं–चितवन र दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ ।