मध्यपहाडी भेगका विभिन्न ठाउँमा पहिरो

सहयात्रा टिभी

खोटाङ । असोज ०५, वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको विभिन्न सडक खण्ड पहिरोले भत्किएको छ ।

त्यस्तै केही समयअघिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको दाम्दे खोला, भुलभुले धाम, बुवासुङलगायतका ठाउँमा सडक भत्किएको हो ।

त्यसैगरी ढलान गरिएको लेन भत्किएर पहिरो खस्दा सोभन्दा मुनिको खेत पुरिएको छ । हाल उक्त स्थानमा छेउतिरको लेनबाट सवारी साधन वारपार गरिरहेका छन् ।

केही समयअघि नेर्पास्थित भुलभुले धाम नजिकै सडकको करिब ५०/६० मिटर खण्ड भासिएको छ । सो स्थानमा तारजालीसहितको पर्खाल नै लच्किएको छ ।भुलभुले धाम(नेर्पाकै बीचमा करिब ८०/९० मिटर खण्ड मेसिनरी वाल लच्किएर तल पुगेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर)को काम भरतमैनाचुली सिद्धिसाई जेभी तथा सेखुवा–दिक्तेल (३६ किलोमिटर) सडक कालोपत्रेको काम रमन–गोल्डेन गुड जेभीले गरिरहेको छ ।

 

प्रकाशित : 21 September, 2021

प्रतिक्रिया दिनुहोस्