हास्यब्यंग्य साहित्यकार भैरव अर्यालको ८६ औं जन्म जयन्तिको उपलक्षमा हास्यब्यंग्य कविता प्रतियोगिता सम्पन्न

काठमाडौं । असोज ०५, प्रसिद्ध हास्यब्यंग्य साहित्यकार भैरव अर्यालको ८६ औं जन्म जयन्तिको उपलक्षमा २०७८ असोज २ गते काठमाण्डौं जिल्ला गोकर्णेश्वर-७ दक्षिणढोकामा आयोजित हास्यब्यंग्य कविता प्रतियोगिता सम्पन्न भयो।
नियात्राकार श्री पोष रमण चापागाईंको प्रमुख आतिथ्यमा भैरव स्मृति पुस्तकालयले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व पुस्तकालयका अध्यक्ष श्री जगदीश अर्यालले गर्नु भएको थियोभने अन्य अतिथिमा गोनपा वडा नं ७ का अध्यक्ष केशव गुरुङ, वडा सदस्य विन्दा सापकोटा, राजनितिज्ञ तथा समाजसेवी श्री गोपाल बराल रहनु भएको थियो।
उक्त प्रतियोगितामा गोकर्नेश्वर नपा, कागेश्वरि मनोहरा नपाका र आसपासबाट १८ जनाले आ-आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो भने अन्य साहित्यप्रेमीहरुलाई पनि आफ्ना कविता अप्रतियोगि कविताको रुपमा वाचन गर्न अनुमति दिईएको थियो।
प्रतियोगितामा चागुनारायण १ दुवाकोटकी युनिषा घिमिरे प्रथम, जोरपाटी नयॉबस्तिका मदन प्याकुरेल द्वितीय र मुलपानीका भलाद्मि भोला तृतीय हुनु भएको थियो। प्रथम हुनेलाई रु ७००० नगद पुरस्कारका साथै केहि साहित्यीक पुस्तकहरु, द्वितीहुनेलाई नगद रु ५००० का साथमा केहि साहित्यिक पुस्तकहरु र तृतीय हुनेलाई रु ३००० हजार नगदका साथमा केहि साहित्यिक पुस्तकहरु प्रदान गरीएको थियो। त्यसबाहेक अन्य ५जना प्रतियोगिहरुलाई पनि प्रोत्साहन पुरस्कारको रुपमा रु १००० र साहित्यिक पुस्तक प्रदान गरिएको थियो। उहाहरु मुलपानी निवासि देवी चापागाई, निरज चापागाई, जेनिषा धिमाल, तथा दक्षिणढोका निवासि, शोभा दाहाल, प्रिन्सेस तामांग हुनुहुन्थ्यो।
प्रतियोगिताको नतिजा निश्पक्ष होस भनेर तीन जना निर्णायकहरुद्वारा ब्लाईन्ड रिभ्यु पद्धतिबाट अग्रिम मुल्यांकन गरिएको थियो भने प्रश्तुतिको पनि मल्यांकन होस भनिकन थप एकजना मुल्याँकन कर्ता कार्यक्रममा उपस्थित हुनु हुन्थ्यो।यसरि मुल्याँकन गर्ने निर्णायक मण्डलिमा साहित्यकारहरु प्रल्हाद पोखरेल, कोशराज न्यौपाने, रामहरि शर्मा तथा अच्युत घिमिरे हुनुहुन्थ्यो।
पुरस्कृत सबैलाई प्रमुख अतिथिको हातबाट पुरस्कार प्रदान गरेपश्चात सभापतिबाट पुरस्र्कृत सबैलाई बधाई तथा उपस्थित सबैलाई धनयबाद ज्ञापन गर्दै सभा बिसर्जन गरिएको थियो।