चाडपर्व नजिकिदैँ गर्दा बजार अनुगमन सुरु

सहयात्रा टिभी

काठमाडौं । असोज ७, सरकारले उपत्यकामा चाडपर्व नजिकिदैँ गर्दा बजार अनुगमन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए ।

अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने पौडेलले बताए ।

 

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्