अनेसास कविता प्रतियोगितामा कवि शरद् पोखरेल प्रथम

सहयात्रा टिभी

काठमाडौं । असोज ८, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आयोजना गरेको कविता प्रतियोगितामा कवि शरद् पोखरेल प्रथम हुनुभएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार अमेरिकामा भर्चुअलरुपमा आयोजना गरिएको प्रतियोगितामा १०३ कविका कवितालाई पछि पार्दै जापान निवासी पोखरेलको ‘एउटा चराको सुसाइड नोट’ शीर्षकको कविता प्रथम भएको हो ।

यस्तै नेपालका शुभचन्द्र राई द्वितीय तथा अफ्रिका निवासी गणेश खड्का, अमेरिका निवासी केशवराज ज्ञवाली र नेपालका वन्दना भट्टराईका कविताले तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी डलर ५००, द्वितीयलाई ३०० र तृतीय हुनेलाई जनही दुई/दुई सयका साथै प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

 

प्रकाशित : 24 September, 2021

प्रतिक्रिया दिनुहोस्