स्रोत नखुलेको ९५ लाखसहित २ जना भारतीय पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असोज ९, काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् ।

उनीहरू चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको हाइसको ८ र ९ नम्बर सिटमा थिए । प्रहरी प्रभाव नागढुंगाको टोलीले चेकजाँचका क्रममा मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको हो ।

प्रकाशित : 25 September, 2021

प्रतिक्रिया दिनुहोस्