यति एयरलाइन्सको पर्वतीय उडान सुरु

सहयात्रा टिभी

काठमाडौं । असोज १०, यति एयरलाइन्सले लामो समयदेखि रोकिएको पर्वतीय उडान आजदेखि सुरु गरेको छ।

एभरेष्ट प्रीमियर लिग खेल्न आएका पाकिस्तानी क्रिक्रेटर शाहिद अफ्रिदीसहित उडानसँगै ४४ जना यात्रु लिएर उडान भरेको यतीले अब प्रत्येक आइतबार उडान गर्ने तालिका तय गरेको छ।

हालको लागि आईतवारदेखि उडानको शुरूवात गरेपनी यात्रुको माग अनुसार उडान संख्या र तालिका परिवर्तन हुने यतिका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

त्यस्तै हिमाल चढ्न नसक्ने र ट्रेकिङ जान नसक्ने ब्यक्तिहरुका लागि पर्वतीय उडान आकर्षक मानिन्छ।

पर्वतीय उडान मार्फत यात्रुहरुले लाङटाङ, गौरीशंकर, मेलुङ्छे, चोयु, नुप्त्से, लोत्से, आमादब्लम, मकालु, सगरमाथा लगायत बिश्वका ८ वटा अग्ला हिमाल अवलोकन गर्न सकिने भएकोले यसप्रति यात्रुहरूको आकर्षण बढ्दो छ।

 

प्रकाशित : 26 September, 2021

प्रतिक्रिया दिनुहोस्