विराटनगर उडेको जहाजमा समस्या, काठमाडौंमै गरीयो आकस्मिक अवतरण
सहयात्रा टिभी
काठमाडौं । असोज ११, विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाज ल्याण्डिङ गियरमा समस्या भएका कारण विराटनगर विमानस्थलमा अवतरण गर्न नसक्दा काठमाडौं फर्किएको छ ।

काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको बताईएको छ ।
