सुनको मुल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । असोज १२, आजको नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

त्यस्तै गरी आज घटेको मूल्य अनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार बजारमा सुन प्रतितोला ८९ हजार तीन सय रुपैयाँ र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

यता, तेजाबी सुनको मूल्य पनि गत सोमबारको मूल्यमा नै तीन सय रुपैयाँले गिरावट आउँदै ८८ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 28 September, 2021

प्रतिक्रिया दिनुहोस्