दशै नजिकिदै गर्दा भेडा च्याङग्राको बिक्री

सहयात्रा टिभी

गुल्मी । असोज १९,  दशैं नजिकिँदै गर्दा ब्यापारी हरुलाई त्यती नाफा नभएको बताउछन । बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि व्‍यापारीहरुले गुल्मी सदरमुकाम तम्घास ल्याउन थालेका छन्।

दशैं पर्वमा कतिपयले बलि दिन र कतिपयल मासुको रुपमा खानाको लागि भेडा च्याङग्रा किन्‍ने गर्दछन्। व्‍यापारीहरु एउटा भेडाको ८ हजार देखि १० हजारसम्म हेरिकन बिक्री गर्ने गर्दछन्। कोरोना महामारीका कारण यसपटक भनेआफूहरु ठूलो नोक्सानी व्‍यहोरेको खातुनको भनाइ छ ।

गाउँमा पर्याप्त मात्रामा भेडा च्याङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि बढ्दै गएको छ । हाल केहि मात्रामा भेडा च्याङग्रा बिक्री ल्याउने गरेता पनि खसीबोका बिक्री गर्न ल्याउनेको संख्या न्यून छ ।

प्रकाशित : 5 October, 2021

प्रतिक्रिया दिनुहोस्