समुदायले मात्रै मनाउँदै आएको ‘यमोसा’ पर्व आज मनाइँदै

सहयात्रा टिभी

नवलपुर । असोज २०, नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउँदै आएको ‘यमोसा’ पर्व आज मनाइँदै छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक तथा धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाइँदै छ ।

लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारूले सामूहिकरूपमा नै पर्व मनाउन लागेको थारू कल्याणकारिणीसभाका सभापति ललित चौधरीले बताए।

यस चाडमा थारू समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन् । यमोसा पर्व सोह्रश्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारू समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् ।

 

प्रकाशित : 6 October, 2021

प्रतिक्रिया दिनुहोस्