आज बडा दशैं–आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरी टीकाको दिन मनाईदैँ !

सहयात्रा टिभी

काठमाडौं । असोज २९, राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् ।

नेपालमा दशैं:

दशैंमा टीका लगाएपछि पिङ खेल्दै मान्यजनहरूको हातबाट टिका लगाई सके पछि मिठा मिठा भोजनहरु गरेर पिङ्ग खेल्ने चलन नेपालमा रहेको छ। दशैँ लागे लगतै नेपालमा लिङ्गे पिङ्ग बनाएर गाउघरमा दशैँ लागेको सङ्केत पनि दिद छ। यो चलन नेपालमा पिता पुर्खाकाल देखि अहिले सम्म चलि आएको छ। नेपालमा दसैँका दिन देवी भगवतीको पुजा आरधना गरी पुराण लगाई पनि मनाइन्छ। देवी देवी भगवतीले सबै दुख हरेर खुसियाली लेउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवी भगवती को पुजा आरधना गरिन्छ।

 

सामाजिक महत्त्व:

भारत तथा नेपाल कृषिप्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुसी एवम् उमङ्गको सीमा हुँदैन। यस खुसीको अवसरमा भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र बर्मा (म्यानमार)मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ।

 

 

प्रकाशित : 15 October, 2021

प्रतिक्रिया दिनुहोस्