न्यादीको आईपीओमा मागभन्दा १४ गुणा बढी आवेदन
सहयात्रा टिभी
काठमाडौं । असोज २०, असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको न्यादी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबारसम्म यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको हो । यो आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ ।