जनणनामा महिलाको जनसंख्या अझ बढ्ने अनुमान

सहयात्रा टिभी

जनकपुरधाम । असोज २१, २०६८ को जनगणना अनुसार नेपालमा महिलाको जनसंख्या अझ बढ्नसक्ने आँकलन गरिएको छ ।

त्यस्तै महिलाको जनसंख्या ५१ प्रतिशत छ । तर, जन्मदर पुरुषभन्दा महिलाको बढी रहेको र वैदेशिक रोजगारीमा जानेमा पनि पुरुषको जनसंख्या बढी रहेकाले राष्ट्रिय जनगणना २०७८ मा महिलाको जनसंख्या अझ बढ्न सक्न आँकलन केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

जनकपुरधाममा आयोजित ‘जनगणनासम्बन्धी मिडिया सचेतना कार्यशाला गोष्ठी’मा केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले ‘यस पटकको जनगणनामा पनि पुरुषभन्दा महिलाको जनसंख्या बढी हुनेसक्ने आँकलन’रहेको बताए ।

पुरुषभन्दा महिलाको आयु बढी रहेकाले पनि महिलाको जनसंख्या बढी हुने गरेको उनको भनाइ रहेको छ । २०६८ को जनगणना अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय छ। तर यो जनसंख्या बढेर ३ करोड ८ लाख पुगेको विभागको तथ्यांक छ ।

 

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्